विद्यालय शिक्षा विधेयकमा नमिलेका विषय टुङ्ग्याउन भोलि समितिमा छलफल हुने

काठमाडौं – विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भोलि सोमबार दिउँसो ३ बजे बस्ने भएको छ।

विवादित विषयलाई थाती राख्दै समितिको सचिवालयले तयार पारेको प्रतिवेदन सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिनेछ। विशेषगरी निजी विद्यालयले दिनुपर्ने पूर्ण छात्रवृत्ति सम्बन्धी विषयमा सहमति जुट्न नसकेकाले भोलिको बैठकले टुंगो लगाउनेछ।

निजी विद्यालयले छात्रवृत्तिमा आवास र पोशाक नपर्ने अडान राखे पनि समितिका सदस्यहरूले यी सुविधा पनि समावेश गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन्। उपसमितिले तयार पारेको प्रतिवेदनमा शुल्क, पाठ्यसामग्री, पोशाक, यातायात तथा आवासीय सुविधा सबै पूर्ण छात्रवृत्तिमा पर्ने व्यवस्था छ।

यसै विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आन्दोलन गरिरहेका छन् भने शिक्षक महासंघले पनि असन्तुष्टि जनाउँदै भदौ दोस्रो सातादेखि आन्दोलनको घोषणा गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्