काठमाडौं – गुन्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार बैंकिङ कसुरको अभियोगमा पक्राउ गरिएको गरिएको हो । उनीमाथि १० करोड रूपैयाँको चेक बाउन्स अभियोग छ । विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोकका हुन् ।






