प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी छलफलका लागि काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री

काठमाडौँ – भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहान काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आएको बताइएको छ । नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टा–छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्