ओल्के पर्वको अवसरमा भोलि सुदूरपश्चिममा सार्वजनिक बिदा

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले भोलि (आइतबार) भदौ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले ओल्के पर्वको अवसरमा बिदा दिने घोषणा गरेको हो।

ओल्के पर्व सुदूरपश्चिमका पहाडी जिल्लामा विशेष महत्वका साथ मनाइन्छ। यस पर्वलाई जेठो पर्वका रूपमा मनाइने गरिएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो पर्वलाई प्रदेशवासीले विशेष उल्लासका साथ मनाउने गर्दछन्।

स्थानीय परम्पराअनुसार ओल्के पर्वपछि अन्य चाडपर्वहरूको श्रृंखला सुरु हुने भएकाले यसलाई “चाडपर्वहरूको सुरुवात” को रूपमा पनि लिइने गरिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्