शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि विज्ञापन प्रकाशित

भक्तपुर – शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) का लागि विज्ञापन प्रकाशित गरेको छ। आयोगले नियमावलीअनुसार तोकिएको न्यूनतम योग्यता पुगेका तथा तालिम प्राप्त गरेका इच्छुक व्यक्तिहरूले अनलाइन दरखास्त प्रणाली (https://license.tsc.gov.np/) मार्फत आवेदन दिन सक्ने जनाएको छ।

विज्ञापन नम्बर ४३/०८२/८३ अन्तर्गत लिखित (वस्तुगत) परीक्षा सञ्चालन गरिनेछ। दरखास्त दस्तुर एक हजार रुपैयाँ तोकिएको छ। दरखास्त दिने अन्तिम मिति २०८२ भाद्र २९ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर आश्विन ५ गतेसम्म फाराम भर सकिनेछ। परीक्षा २०८२ कार्तिक २२ गते दिउँसो १ बजेबाट सुरु हुनेछ। परीक्षा केन्द्र प्रदेश राजधानी रहेका जिल्ला तथा आयोगले तोकेअनुसार अन्य स्थानमा रहनेछ।

आवेदन गर्दा नागरिकता प्रमाणपत्र, फोटो, दस्तखत नमुना, शैक्षिक प्रमाणपत्र, तालिम प्रमाणपत्र र आवश्यक कागजातहरू अनिवार्य रूपमा JPEG/PNG फारम्याटमा अपलोड गर्नुपर्नेछ। दरखास्त दस्तुर राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक वा अनलाइन भुक्तानी (Connect IPS, ई–सेवा, खल्ती, IME Pay) मार्फत बुझाउन सकिने आयोगले जनाएको छ।

आयोगले उम्मेदवारले भरेको विवरण र पेस गरेका कागजातमा त्रुटि भएमा दरखास्त स्वतः रद्द हुने चेतावनीसमेत दिएको छ। विस्तृत विवरण आयोगको आधिकारिक वेबसाइटमा हेर्न सकिने छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्