बन्द कोठामा ट्रम्प र पुटिनको तीन घण्टा छलफलमा के–के भयो ?

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा भेटवार्ता भएको छ ।

आइतबार राति ट्रम्प र पुटिनबीच अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजमा भेटवार्ता भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार ट्रम्प र पुटिनबीच बन्द कोठामा तीन घण्टा वार्ता भएको थियो ।

तीन घण्टा वार्ता गरेपछि दुवै नेताले लगभग १० मिनेट पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनीहरूले दुईबीच सकारात्मक कुरा भएको बताए । उनीहरूले छलफल बुँदाहरूबारे खुलाएनन् ।

पत्रकारको प्रश्नको जवाफ नदिई दुवै नेता अलास्काबाट फर्किएका थिए । पुटिन रुस फर्किएका छन् भने ट्रम्प फक्स न्युजमा अन्तर्वार्ताका लागि गएका छन् । बैठकको निष्कर्ष अझै पूर्णरूपमा स्पष्ट गरिएको नभए पनि दुवै नेताले मैत्रीपूर्ण र सकारात्मक वार्ता गरेको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्