काठमाडौंमा क्रिप्टो करेन्सी कारोबारको आरोपमा चार जना पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं — काठमाडौंको कालो पुलस्थित डेराबाट क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार बिहीबार पक्राउ परेकामध्ये दुई जना नेपालका र दुई जना भारतीय नागरिक छन्।

पक्राउ पर्नेमा बाराका २७ वर्षीय ओमप्रकाश जयसवाल, २५ वर्षीय मनमोहनकुमार सिंह र भारतको बिहारका ३३ वर्षीय विक्रम जयसवाल तथा ३३ वर्षीय मुन्ना जयसवाल रहेका छन्।

प्रहरीका अनुसार हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउको क्रममा प्रहरीले १५ लाख ३३ हजार रुपैयाँ नगद र पाँच वटा मोबाइल फोन बरामद गरेको छ।

अनुसन्धानका क्रममा उनीहरूले करिब ६ करोड ६ लाख ६३ हजार रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार गरेको तथ्य फेला परेको प्रहरीको दाबी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्