रास्वपा सभापति रवि लामिछाने निकट मोहन बहादुर थापा अमेरिकाबाट डिपोर्ट

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निकट मोहन बहादुर थापालाई अमेरिका सरकारले डिपोर्ट गरेको छ । थापा डिपोर्ट (निष्कासन)मा परेर एक साता अघि काठमाडौँ आइपुगेका हुन् ।

म्याग्दी घर भएका थापा रास्वपाका पूर्व केन्द्रीय सदस्य हुन् । अमेरिकी प्रशासनले उनको ग्रिनकार्ड खारेज गर्दै नेपाल फिर्ता पठाउने निर्णय गरेको थियो । साउन २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको मानव बेचबिखन ब्युरोमा पठाएको थियो ।

उनलाई फारम भर्न लगाएर रिहा गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्