एक वर्षमा तीन दर्जन ऐन संशोधन, आर्थिक वृद्धिदर ४.६ प्रतिशत: प्रधानमन्त्री ओली

काठमाण्डौ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक वर्षमा तीन दर्जन ऐन र कानून संशोधन भएको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले सुशासन प्रवर्द्धन, सेवा प्रवाह सरलिकरण, लगानीमैत्री वातावरण निर्माण र वैदेशिक लगानी आकर्षणका लागि महत्वपूर्ण कानूनी सुधार भएको बताए।

उनका अनुसार यो अवधिमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको छ भने अर्थतन्त्र ४ खर्ब रुपैयाँले विस्तार भएको छ। गत वर्ष वृद्धिदर ३.७ प्रतिशत मात्र थियो। विपद्जन्य घटना र विश्वव्यापी प्रतिकूलताको बाबजुद राजस्व संकलनमा ११.३ प्रतिशत, रेमिट्यान्समा १५.५ प्रतिशत वृद्धि भएको प्रधानमन्त्रीको दाबी छ।

प्रधानमन्त्री ओलीले वस्तु निकासीमा अहिलेसम्मकै उच्च ८१.८ प्रतिशत वृद्धि भएको र चालू खाता तथा शोधनान्तर दुवै बचतमा रहेको बताए। उनका अनुसार निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ, पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको छ र जनसंख्याको करिब ४८ प्रतिशत बीमाको दायरामा आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्