सेयर बजार दोहोरो अंकले घट्यो, कारोबार ६ अर्ब १६ करोड

काठमाडौँ — सातामा तेस्रो दिन खुलेको सेयर बजार बुधबार दोहोरो अंकले घट्दै २७८५.७४ अंकमा पुगेको छ। बजार परिसूचक आज १०.५० अंकले तल झरेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अनुसार आजको दिनमा कुल ६ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भयो। बजारमा ८९ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत सूचक हेर्दा १३ मध्ये ४ वटा समूह घटे भने बाँकी ९ समूहमा वृद्धि देखियो। ट्रेडिङ समूह सबैभन्दा बढी १.५० प्रतिशतले घट्यो। अन्य समूहमा वृद्धि वा गिरावट १ प्रतिशत भन्दाकम थियो।

मायाखोला हाइड्रोपावर आज सबैभन्दा धेरै ५.७४ प्रतिशतले बढ्दा, कुमारी बैंकको डिबेञ्चर २०८६ सबैभन्दा धेरै ९.४८ प्रतिशतले घट्यो। कारोबार मूल्यका आधारमा बलेफी हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको ३४ करोड रुपैयाँ बराबरको कारोबार भयो। कारोबार भएका सेयर संख्या र कारोबार सङ्ख्यामा पनि सो कम्पनी नै शीर्षमा रह्यो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्