काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले स्थापना नगरेको स्पष्ट पारेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा उनले पुष्पलाल र मनमोहन प्रतिष्ठान भने पार्टीकै पहलमा बनेको बताए। उनका अनुसार, मदन–आश्रित स्मृति मनाउन नपाइने अवस्था बनेपछि फाउन्डेशन गठन भएको हो, तर यो पार्टी वा आन्दोलनप्रति निष्ठा राखेर जन्मिएको होइन।
ओलीले नेताहरूको नाममा प्रतिष्ठान स्थापना गरेर व्यक्तिगत स्वार्थका लागि कब्जा गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिँदै, “संस्था आन्दोलन र विचारका पक्षमा लाग्ने हुनुपर्छ, व्यक्तिको ठगी खाने भाँडो होइन,” भने।






