सुनसरीमा बस–माइक्रो ठोक्किँदा चारको मृत्यु, २३ जना घाइते

विराटनगर- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा–नसिंह गाउँपालिका–३ जलुवा टोलमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। दुर्घटना आज बिहान झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो ठोक्किँदा भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामध्ये उपचारका क्रममा सप्तरी मधावे गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीको कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा, विराटनगरका अशोक यादव र एक अज्ञात महिलाको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकामध्ये मोरङ, खोटाङ, सप्तरी, उदयपुर, झापा, भद्रपुर, इलाम लगायतका विभिन्न स्थानका २३ जना छन्। उनीहरूमा मोरङ सुन्दरहरैँचाकी अम्बिका राई, खोटाङ रावाबेसीका निरुता परियार र निर्मल परियार, सप्तरीका रविन्द्र मण्डल, उदयपुर चौदण्डिगढकी रेनुका श्रेष्ठ, झापाका खगेन्द्र थापा, भद्रपुरका सन्तोष खत्री, उदयपुरका दिपक बिक, इलामका सविन राई, सप्तरीका रविन्द्र मेहता, जिवछ महात्मा, नेत्रलाल गिरी र केदार गिरी, झापाका सत्य राई, सप्तरीका रुद्र राय, मोरङकी सोभा यादव, सप्तरीका प्रमोद रजक, रवि राय, भोला यादव, प्रदिप यादव, सुनसरीका जोगिन्द्र दास, सप्तरीकी अमृता राय र सन्तोष बास्तोला रहेका छन्।

घाइतेहरूको उपचार विभिन्न स्वास्थ्य संस्थामा भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्