काठमाडौँ – आफ्नो कार्यालयका हाकिमसँग यौन सम्बन्ध राख्न भन्दै एक बालिकालाई फकाएको आरोपमा कार्यालय–सहयोगी पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्स्पेक्टर विक्रमबहादुर भट्टराईका अनुसार जिल्ला खेलकुद विकास समितिका कार्यालय सहयोगी प्रमिला विश्वकर्मा पक्राउ परेकी हुन्। प्रमिलाले अध्यक्ष खनालसँग यौन सम्बन्ध राख्न भन्दै १३ वर्षीया बालिकालाई फकाएको अडिओ रेकर्ड पनि प्रहरीले पाएको छ।
बालिकाले दिएको जाहेरीका आधारमा उनलाई साउन २१ गते पक्राउ गरिएको हो। उनीविरूद्ध बालबालिका सम्बन्धी ऐनको बालयौन दुराचार कसुरमा ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोधपुछ गरेर अनुसन्धान अगाडि बढाएको छ ।
टसम्मको रेकर्डिङ छ।






