पशुपति आर्यघाटमा शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ

काठमाडौं – पशुपति आर्यघाटमा दाहसंस्कारका क्रममा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्दै आएका एक ब्राह्मण रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दका अनुसार उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखी अनुसन्धान भइरहेको छ।

आरोप काभ्रेको बनेपा नगरपालिका–९ निवासी राम शाहीको शवसँग सम्बन्धित हो। शाहीको अन्त्येष्टि क्रममा मासु र हड्डी निकालेको भन्दै मृतकका आफन्तले प्रहरीमा निवेदन दिएका थिए।

प्रहरीका अनुसार आफन्तले ती भागहरू बिक्री गर्ने गरेको आरोप लगाए पनि किन्ने व्यक्ति, बिक्री रकम वा अन्य प्रत्यक्ष प्रमाण भने हालसम्म भेटिएको छैन। त्यसैले आरोप पुष्टि गर्नुपर्ने थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्