मुसा पनि गाउछन् गीत, भक्तपुरकी यमन थापाको विश्वकै कान्छी वैज्ञानिकका रूपमा अनौठो अनुसन्धान

भक्तपुर– मुसाले गीत गाउने कुरा सुन्दा अचम्म लागे पनि यो तथ्य वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ । अनुसन्धानकर्ताले यसलाई ‘सिङ्गिङ माइस’ नाम दिएका छन् । अध्ययन अनुसार, मानिसझैँ मुसाले पनि एक–अर्काको आवाज चिन्न सक्छन् र त्यसको जवाफ गीतमार्फत दिन्छन् । यो गायन आदान–प्रदान मानिसको संज्ञानात्मक क्षमतासँग मिल्दोजुल्दो रहेको वैज्ञानिकले बताएका छन् ।

तर, मुसाको गीत मानव कानले प्रत्यक्ष सुन्न सक्दैन । यसको लागि विशेष प्रकारको उपकरण आवश्यक पर्छ । यही विषयमा अमेरिकाको एक विश्वविद्यालयमा भक्तपुरकी यमन थापा गहिरो अनुसन्धान गरिरहेकी छिन् ।

२४ वर्षीया थापा विश्वकै कान्छी वैज्ञानिक मानिन्छिन् । उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटका हुन् । बाल्यकालदेखि नै लगनशील र मेहनती थापा अमेरिकाको काल्डवेयल विश्वविद्यालयबाट स्नातक तहमा उत्कृष्ट स्थान हासिल गर्दै टप गरेकी थिइन् । सन् २०२१ मा उनले स्टुडेन्ट लिडरशीप अवार्ड पनि जितिन् ।

हाल उनी कोल्ड स्प्रिङ हार्बर ल्याब्रोटरीमा पूर्ण छात्रवृत्तिमा पीएचडी अध्ययन गरिरहेकी छिन् । मुसाको ‘गायन संवाद’ सम्बन्धी उनको अनुसन्धान अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायको चासोको विषय बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्