रास्वपा–राप्रपाका सांसद फेरि संसद् बैठक बहिष्कार गर्दै बाहिरिए

काठमाडौं – भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग राख्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकबाट बाहिरिएका छन्। आजको बैठकमा रास्वपाका प्रवक्ता तथा सांसद मनीष झा र राप्रपाकी सांसद रोशन कार्कीले आ–आफ्ना धारणा राखेपछि बैठक बहिष्कार गर्दै बाहिरिएका हुन्।

सांसद झाले सरकारले भिजिट भिसा प्रकरणमा गम्भीरता नदेखाएको आरोप लगाए। साथै, उनले कुलिङ पिरियडमा देखिएको गडबडीमा सभापति रामहरि खतिवडाको नैतिक जिम्मेवारी उठाउँदै, यस्तो अवस्थामा उनी पदमा बस्न नहुने बताए। ‘राज्य, व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ,’ उनले भने, ‘हामीलाई नैतिकताको पाठ पढाउनेहरू आफैं जवाफदेही हुनुपर्छ।’

त्यस्तै, राप्रपाकी सांसद रोशन कार्कीले आफूहरू आन्दोलनरत अवस्थामा हुँदासमेत बैठक जारी राखिएकोप्रति आपत्ति जनाउँदै, ‘सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति?’ भनी सभामुखसँग प्रश्न गरिन्। रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि निरन्तर रूपमा संसद्मा विरोध जनाउँदै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्