कुलिङ पिरियड छानबिन समितिमा सर्वसम्मत सहमति, प्रतिवेदन पारित

काठमाडौं — कुलिङ पिरियडको गडबडी छानबिनका लागि गठित संसदीय विशेष समितिमा अन्ततः सर्वसम्मत सहमति जुटेको छ।

आइतबारदेखि सुरु भएको छलफल सोमबार रातिसम्म पनि टुंगोमा पुग्न नसक्दा रातभर छलफल भएको थियो। अन्ततः आज (मंगलबार) बिहान ४ बजे सबै सात जना सदस्यको हस्ताक्षरसहित प्रतिवेदन पारित गरिएको हो।

यसअघि प्रतिपक्षी दलका सदस्यहरू सहमति नजुटेमा ‘नोट अफ डिसेन्ट’ लेख्ने तयारीमा थिए। तर, अन्तिम घडीमा सबै पक्ष बीच सहमति जुटेपछि समितिको प्रतिवेदन एकमतले पारित गरिएको हो।

छानबिन समितिको प्रतिवेदन अब संघीय संसदमा पेश गरिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्