कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन् ।

गत ११ वैशाखदेखि सञ्चालन हुने भनिएको परीक्षा आन्दोलनका कारण ढिला भई २१ वैशाखदेखि सुरु भएको थियो । परीक्षामा देशभरबाट जम्मा ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा हुने जानकारी गराए ।

नतिजा हेर्न बोर्डको वेवसाईट www.neb.gob.np तथा टेलिकमको वेवसाईट www.neb.ntc.net.np बाट हेर्न सकिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्