हेटौंडा – बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ । लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर सोमबार राजीनामा पत्र बुझाएका छन् । लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका हुन् । बिरामी भएर काठमाडौंमा उपचार गराइरहेका प्रदेश प्रमुख देवकोटा हेटौडा पुगेका छन् । हिजोमात्रै मुख्यमन्त्री लामाले राजीनामा दिने घोषणा गरिसकेका छन् ।
बागमतीका मुख्यमन्त्री लामाका स्वकीय सचिवले प्रदेश प्रमुख कार्यालयमा पुगेर बुझाए लामाको राजिनामा पत्र






