एमाले सचेतक बरालको संसदमा प्रश्न – बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? (भिडियो)

काठमाडौं – बहुविवाहलाई कानुनी मान्यता दिने सम्बन्धमा सार्वजनिक रूपमा उठेको चर्चाबारे नेकपा एमालेकी प्रमुख सचेतक सुनिता बरालले प्रतिनिधिसभामा कडा आपत्ति जनाएकी छन्।

शुक्रबारको संसद बैठकमा बोल्दै बरालले बहुविवाह नेपाली समाजमा सामाजिक तथा कानुनी रूपमा अस्वीकार्य रहेको स्पष्ट पारिन्। उनले यो विषय गम्भीर र संवेदनशील भएकाले कानून निर्माणको प्रक्रियामा अघि बढ्नुअघि संसदलाई जानकारी दिन माग गरिन्।

बरालले भनिन्, “बहुविवाह सामाजिक रूपमा असामाजिक मानिन्छ भने कानुनी रूपमा गैरकानूनी हो। यस्तो गम्भीर विषयमा कानून निर्माण गर्न लागिएको हो भने यसको वास्तविकता के हो ?” उनले बहुविवाहसम्बन्धी बहसबारे कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियासँग स्पष्ट जवाफ माग गर्दै भनिन्, “कृपया अहिले उठेको विषय के हो भन्ने संसदलाई जानकारी गराउनुस्।” बरालको भनाइपछि बहुविवाहलाई कानुनी रूपमा मान्यता दिने भनिएको चर्चाको वास्तविकता स्पष्ट पार्नुपर्ने माग संसदमा उठेको छ।

यस विषयमा मन्त्री चौरासियाको जवाफ भने तत्काल प्राप्त भएको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्