महाकाली नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेज हुँदै चारपाङ्ग्रे सवारी आवागमनमा रोक

कञ्चनपुर- लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव तीव्ररूपमा बढेपछि शारदा ब्यारेज हुँदै चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार महाकाली नदीको पानीको बहाव आज बिहान ८ बजे १ लाख ९ हजार ९८० क्यूसेक नाघेपछि ब्यारेजमा सवारी सञ्चालन बन्द गरिएको हो।

“महाकालीमा पानीको बहाव एक लाख क्यूसेक पुगेपछि सुरक्षाका कारण चारपाङ्ग्रे सवारीसाधन रोकिन्छ,” डिएसपी बोहराले बताए। हाल नदीमा पानीको सतह उच्च रहेकाले नदी आसपासका क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन अनुरोध गरिएको छ।

प्रहरी तथा सुरक्षाकर्मीले ब्यारेज क्षेत्रमा सवारी नियन्त्रणका साथै जोखिम व्यवस्थापनमा सक्रियता बढाएका छन्। अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न तथा नदी किनारमा नजान जिल्ला प्रशासनले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्