सुनको मूल्यमा उल्लेख्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – आईतबार, नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला तीन हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । आज अर्थात आईतबारको बजारमा चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँ खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्