गुरुकुल एकेडेमी घोराहीले दाङ जिल्ला स्तरीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आयोजना गर्ने

घोराही – खेलकुदलाई शिक्षा सँगै अघि बढाउने उद्देश्यका साथ गुरुकुल एकेडेमी घोराहीले दाङ जिल्ला स्तरीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। विद्यालयले एक पत्रकार सम्मेलनमार्फत श्रावण २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता संचालन हुने जानकारी गराएको हो। प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले श्रावण २३ गतेसम्म समूह दर्ता गराउनु पर्ने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विशालमान श्रेष्ठले बताउनुभयो। प्रतियोगिताको टाइसिट श्रावण २५ गते सार्वजनिक गरिने पनिउँहाले बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले खेलकुदले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगिताले आत्मविश्वास र अनुशासन बढाउने उल्लेख गर्नुभयो। साथै सहायक प्रधानाध्यापक महेन्द्र पौडेल र विद्यालय संयोजक भुवन आचार्यले पनि प्रतियोगिताको महत्वबारे मन्तव्य दिनुभएको थियो। प्रतियोगितामा प्रथम हुने टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो र तेस्रो हुने टोलीलाई मेडल र प्रमाणपत्र दिइने बताइएको छ।

कार्यक्रममा दाङ जिल्ला बास्केटबल संघका अध्यक्ष बिपिन के.सी.ले बास्केटबल खेलको प्रचारप्रसार र विद्यार्थीमा खेलप्रतिको रुचि अभिवृद्धिका लागि यस्तो कार्यक्रम उदाहरणीय भएको धारणा व्यक्त गर्नुभयो। साथै विद्यालयले १० बर्ष देखि नियमित यो प्रतियोगिता बार्षिक रुपमा संचालन गर्दै आएको छ । गुरुकुल एकेडेमीले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको बताइएको छ। विद्यालयको यो पहलले जिल्लाभरिका विद्यालयहरूलाई सकारात्मक प्रतिस्पर्धामा सहभागी गराउने विश्वास लिइएको छ। प्रत्रकार सम्मेलनको संचालन परीक्षा संयोजक विबेक देबकोटाले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्