पाँचथर — फालेलुङ गाउँपालिका–७ का २७ वर्षीय महेन्द्र तामाङले श्रीमती अनु राईको हत्या गरेका छन्। फिदिम नगरपालिका–२ स्थित माइती घरमा रहेकी २२ वर्षीया अनुमाथि कोदालोको पासो प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। पारिवारिक विवादपछि कुटपिट भएको र गम्भीर घाइते अनुको झापाको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि फरार महेन्द्रलाई फिदिम–६ स्थित गोलेगाउँबाट पक्राउ गरिएको प्रहरी प्रमुख डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।
विदेश जान काठमाडौं गएका महेन्द्र योजना असफल भएपछि ससुराली आएका थिए।






