भट्टराईको कटाक्ष : “ओली–प्रचण्डहरू स्टालिनको बाटोमा”

 

काठमाडौं — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्टालिनसँग तुलना गर्दै कडा टिप्पणी गरेका छन्। ‘हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट सिक्दैनौं’ भन्ने भनाइ उद्धृत गर्दै भट्टराईले नेपालका कम्युनिस्टहरू स्टालिनकालीन रूसी कम्युनिस्ट आन्दोलनजस्तै अधोगमनतर्फ उन्मुख भएको बताएका छन्।

उनले झापा आन्दोलन र जनयुद्धबाट सुरू भएको नेपाली कम्युनिस्ट आन्दोलन अहिले रूसी कम्युनिस्ट पार्टीको जस्तै विचारहीन र सत्तामुखी बन्दै गएको टिप्पणी गरेका छन्। “ब्रजनेभ युगको रूसी शैलीजस्तै सुस्त, सुन्निएर मोटाएको, तर परिवर्तन विहीन प्रवृत्ति यहाँ दोहोरिएको छ,” उनले भने।

उनका अनुसार ओली र प्रचण्डले स्टालिनको शैलीमा आलोचकहरूलाई भौतिक रूपमा नभए पनि संगठनबाट निष्कासन गर्दै राजनीतिक ‘सफाया’ गर्ने प्रवृत्ति देखाइरहेका छन्।

“कमरेड ठोक्दा ताली बजाउने र आफ्नै पालो आउँदा आँसु झार्नेहरू अब नयाँ वैकल्पिक बाटो खोज्न तयार होऊन्,” भट्टराईले भने।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्