कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार २५ वर्षीय युवकको मृत्यु

काठमाडाैं – काठमाडाैंको कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

काठमाडाैं महानगरपालिका– ३२, कोटेश्वरस्थित सडकमा बाप्र ०१– ००४ ख ३२८७ नम्बरको ट्यांकरले बाप्र ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका– ३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामङ्गलमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । ट्यांकर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्