हेलम्बुका अध्यक्ष शेर्पाको आरोप: “कांग्रेसमा गहिरो जातीय विभेद छ, नसच्याए चुप लागेर बस्दैनौ”

काठमाडौँ — नेपाली कांग्रेसभित्रैबाट गम्भीर आरोप सार्वजनिक भएको छ। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पार्टीका महामन्त्री गगन थापा र नेता इन्द्र बानियाँमाथि “जातीय पक्षपात” गरेको आरोप लगाएका छन्। उनले मधेसी र जनजाति समुदायले सत्ता सञ्चालन गरिरहेको अवस्था कांग्रेस नेतृत्वलाई स्वीकार्य नभएको दाबी गरेका छन्।

“गगन थापा र इन्द्र बानियाँ नेपाली कांग्रेसभित्र सबैभन्दा बढी जातीय पक्षपाती देखिन्छन्। उनीहरू जनजाति र मधेसी समुदायले सत्ता सञ्चालन गरेको अवस्था देख्न मात्र हैन, सोच्न पनि सक्दैनन्,” अध्यक्ष शेर्पाले भने।

हालै बागमती प्रदेशको राजनीतिक घटनाक्रमलाई सन्दर्भमा राख्दै उनले पार्टी नेतृत्वको मानसिकता नै विभेदकारी रहेको आरोप लगाए। “बागमती प्रदेशमा जनजाति नेतृत्वप्रति देखिएको असहिष्णुता नै यसको प्रमाण हो,” उनले थपे। शेर्पा नेपाली कांग्रेसबाटै दोस्रो कार्यकालका लागि हेलम्बु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। उनी यसअघि संविधानसभा सदस्यका उम्मेदवार समेत बनेका थिए। पार्टीभित्र गम्भीर रूपमा छलफल हुनुपर्ने भन्दै उनले नेतृत्व तहमा वैविध्यता र समावेशिताको खाँचो औंल्याए। नेतृत्वले निर्णय नसच्याए आफुहरु चुप लागेर नबस्ने समेत बताएका छन् ।

शेर्पाको यो टिप्पणीले कांग्रेसभित्रको शक्ति सन्तुलन, समावेशी नेतृत्व, र जातीय समानताको बहस फेरि एकपटक चर्किने सम्भावना देखिएको छ। कांग्रेस नेतृत्वले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्