अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा: भारतका सामानमा २५ प्रतिशत भन्सार, व्यापार युद्धको संकेत

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। नयाँ भन्सार दर शुक्रबारदेखि लागू हुने भएको छ।

राष्ट्रपति ट्रम्पले भारतसँग अमेरिकाको ठूलो व्यापार घाटा रहेको, तथा भारतीय बजारमा अमेरिकी सामान प्रवेशमा अनावश्यक अवरोध गरिएको आरोप लगाउँदै आएका छन्। भारतले उच्च भन्सार गरेकाले अमेरिकी कम्पनीहरू भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ।

यसअघि जापान, फिलिपिन्स र इन्डोनेसियाबाट आयात हुने सामानमा २० प्रतिशतभन्दा कम भन्सार लगाएको अमेरिकाले भारतमा भने बढी कर गर्न थालेकोले यसलाई कडा नीतिको रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार ट्रम्पको यो निर्णयले भारतमा लगानी गर्न थालेका विदेशी कम्पनीहरूलाई निराश पार्न सक्छ। रूस–युक्रेन युद्धको बीचमा भारतले रूसबाट ऊर्जा र सैन्य सामग्री खरिद गरेको विषयमा पनि ट्रम्पले आलोचना गर्दै आएका छन्।

भारत अहिले इलेक्ट्रोनिक्स, औषधि र विशेषगरी स्मार्टफोन उत्पादनको केन्द्र बन्दै गएको अवस्थामा यो नयाँ भन्सारले भारतको निर्माण क्षेत्रलाई असर पुर्‍याउन सक्ने आँकलन गरिएको छ। यता, अमेरिकाले भारतको कृषि र डेरी बजारमा पहुँच माग्दै आएकोमा भारतले अस्वीकार गरेपछि दुई देशबीचको व्यापार सम्बन्धमा तनाव बढेको विश्लेषण गरिएको छ। हालैसम्म राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा भइरहेकै बेला आएको यो निर्णयले सम्भावित व्यापार सम्झौतालाई अनिश्चित बनाइदिएको छ।

विश्लेषकहरूका अनुसार यो विवादले दुई ठूला प्रजातान्त्रिक देशहरूबीचको व्यापारिक, सांस्कृतिक र रणनीतिक सम्बन्धमा असर पुर्‍याउने सम्भावना छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्