काठमाडौँ- बुधबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले वृद्धि भई एक लाख ९४ हजार ४०० रुपैयाँ पुगेको छ।
मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन यसको मूल्य दुई हजार ३०० रुपैयाँ थियो।
चाँदीको मूल्य तीन दिनदेखि लगातार बढिरहेको देखिन्छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव, विदेशी मुद्राको प्रभाव तथा स्थानीय माग–आपूर्ति सन्तुलनले नेपाली सुनचाँदी बजारमा मूल्य वृद्धि भएको व्यवसायीहरूको भनाइ छ। मूल्यवृद्धिसँगै बजारमा सुनचाँदी खरिदबिक्रीमा चहलपहल देखिएको छ।






