नेक्सस इन्टरनेशनल एकेडेमीले गर्‍यो एसईई पासआउट विद्यार्थीको भावनात्मक रुपमा विदाई

काठमाडौं – काठमाडौंको पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीले यस वर्षको एसईई परीक्षा पास गरेका विद्यार्थीहरूलाई विशेष कार्यक्रमका बीच भावनात्मक वातावरणमा बिदाई गरेको छ। सान बैंक्वेटमा आयोजित सो विदाई समारोहमा विद्यालयका एचओडी कमल कटवालले विद्यार्थीसँग बिताएका शिक्षण क्षणहरू सम्झँदै सबैलाई माया र स्नेहको प्रतीकस्वरूप चिनो प्रदान गरिएको जानकारी दिनुभयो। विदाई कार्यक्रममा विद्यार्थीहरूले विद्यालय जीवनको सम्झना र कृतज्ञता प्रकट गर्दै विभिन्न सांस्कृतिक नृत्य, गीत तथा प्रस्तुति मार्फत कार्यक्रममा रौनक थपेका थिए। विद्यार्थीहरूको प्रस्तुति अत्यन्तै आत्मीय र भावनात्मक रहेको सहभागी शिक्षक, अभिभावक तथा अतिथिहरूले प्रतिक्रिया दिएका थिए।

विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवाल, हाल युरोप भ्रमणमा रहेका भए पनि, विदेशबाटै सन्देशमार्फत विद्यार्थीहरूको जीवनमा नयाँ अध्याय सुरु हुन लागेको भन्दै सबैलाई उज्ज्वल भविष्यको कामना गर्नुभयो। उहाँले विद्यार्थीहरूले अबका दिनमा आफूले आर्जन गरेको ज्ञान, सीप र अनुशासनलाई व्यवहारमा उतारी समाज, राष्ट्र र परिवारको नाम उज्यालो बनाउने अपेक्षा व्यक्त गर्नुभयो।

कार्यक्रममा शिक्षक प्रतिनिधिहरू, अभिभावक, विद्यालय व्यवस्थापन समिति सदस्यहरू तथा एसईई उत्तीर्ण विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। विद्यालय प्रशासनले यस किसिमका विदाई कार्यक्रमले विद्यार्थीहरूमा स्मरणीय अनुभव र सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमको विशेष क्षणमा विद्यार्थीहरूले आफ्नो अनुभव बाँड्दै विद्यालयसँग बिताएका अमूल्य पलहरूबारे आफ्ना भावनात्मक धारणा व्यक्त गरेका थिए। उनीहरूले नेक्सस इन्टरनेशनल एकेडेमीले दिएको शैक्षिक गुणस्तर, अनुशासन, मित्रता र शिक्षकमाथिको स्नेहले आफूहरूलाई जीवनको नयाँ पाटोमा अघि बढ्न आत्मविश्वासी बनाएको उल्लेख गरे। कतिपय विद्यार्थीहरूले पहिलो पटक विद्यालयको ढोका टेक्दाको झझल्को दिँदै आजको दिनसम्मको यात्रा प्रेरणादायी र अविस्मरणीय रहेको बताए। उनीहरूले शिक्षकमात्र होइन, विद्यालयलाई दोस्रो घरझैँ अनुभव गरेको भन्दै आगामी दिनमा विद्यालयको नाम उच्च राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्