सुपुर्दगी सन्धीले राष्ट्रियता संकटमा पार्न सक्ने झलनाथ खनालको चेतावनी

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–भारतबीच सुपुर्दगी सन्धी हुन लागेको विषयमा सरकारसँग स्पष्ट जवाफ माग गर्नुभएको छ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता खनालले नेपालको राष्ट्रियता झनझन् संकटमा पर्दै गएको उल्लेख गर्नुभयो।

“सुपुर्दगी सन्धीको विषय अत्यन्तै संवेदनशील छ,” उहाँले भन्नुभयो, “यदि नेपालले भारत र चीनसँग सन्तुलन कायम नगरी सुपुर्दगी सन्धी अघि बढायो भने त्यसले नेपालको सार्वभौमिकता र राष्ट्रियतामाथि गम्भीर असर पार्न सक्छ।”

उहाँले यस विषयमा राजनीतिक दलहरू, नागरिक समाज र आम जनसमुदाय सबै सचेत रहनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, कोशी उच्च बाँध निर्माणका सन्दर्भमा पनि नेता खनालले सरकारलाई सार्वजनिक रूपमा जानकारी दिन आग्रह गर्नुभयो।

“कोशी उच्च बाँध जस्तो महत्त्वपूर्ण विषयमा सरकारले जनतालाई जानकारी नदिएर गुपचुप ढंगले प्रक्रिया अघि बढाएको देखिन्छ,” उहाँले भन्नुभयो, “यस्ता विषयमा पारदर्शिता आवश्यक छ।”

नेता खनालले राष्ट्रहितसँग सम्बन्धित यस्ता सन्धि वा परियोजनामा राष्ट्रिय एकता, पारदर्शिता र जनसहभागिता सुनिश्चित गर्न सरकारलाई आग्रह गर्नुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्