हेटौंडा — बागमती प्रदेश सरकारका चार मन्त्रीले एकैसाथ पदबाट राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले पद त्यागेका हुन् ।
राजीनामा दिएका मन्त्रीहरूले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
स्रोतका अनुसार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध नेपाली कांग्रेस संसदीय दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । अविश्वास प्रस्तावको ड्राफ्ट समेत तयार भइसकेको बताइएको छ ।
यस घटनाले प्रदेशको सत्ता समीकरण फेरिन सक्ने आँकलन गरिएको छ |






