प्रधानमन्त्री ओली आज महोत्तरी र बारा भ्रमणमा, विभिन्न पूर्वाधार योजनाको उद्घाटन गर्ने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न पूर्वाधार परियोजनाको उद्घाटन तथा जनसभालाई सम्बोधन गर्ने उद्देश्यले महोत्तरी र बारा जिल्लाको भ्रमणमा जाँदै छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीका अनुसार प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथिको पुल, वडा नं ६ मा निर्माण सम्पन्न भएको नयाँ प्रसूतिगृह, तथा जनसभाको उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसैगरी महोत्तरीकै जनकपुर–कुर्था–सम्सी सडकखण्ड अन्तर्गत रौजास्थित रातुखोला पुलको उद्घाटन पनि प्रधानमन्त्रीबाटै गरिनेछ।

यसपछिको कार्यक्रम बारा जिल्लामा रहेको छ, जहाँ प्रधानमन्त्री ओलीले परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नुका साथै सभालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको आजको भ्रमणलाई स्थानीय स्तरमा निकै महत्वका साथ हेरिएको छ, किनभने उद्घाटन हुन लागेका पूर्वाधारहरू जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने खालका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्