यी हुन् मन्त्रिपरिषद्का १० निर्णय

काठमाडौँ – सरकारले विश्व बैंकबाट प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विकास प्रभावकारिता अभिवृद्धिका लागि सार्वजनिक वित्त परियोजनाअन्तर्गत सो अनुदानबारे छलफल गर्न टोली गठन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले चीन सरकारबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्न विनिमय पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिएको छ। त्यस्तै, नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेको स्वैच्छिक अवकाश स्वीकृत गरिएको छ।

बैठकले अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुन विभिन्न मन्त्रालयका मन्त्री, सचिव तथा पदाधिकारीहरूलाई स्वीकृति दिएको छ। भूटान, चीन, भारत, इथियोपिया र जिम्बावेमा आयोजना हुने कृषि, वातावरण, खाद्य प्रणाली, आन्तरिक सुरक्षा तथा खेलकुदसम्बन्धी कार्यक्रममा सहभागी हुन प्रतिनिधिमण्डल पठाइने निर्णय भएको हो। साथै, एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्