प्रधानमन्त्री ओली आउँदो भदौ अन्त्यमा भारत भ्रमणमा जाने

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने पक्का भएको छ। परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ कि भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओलीले भदौ ३१ गतेदेखि असोज १ गतेसम्म दुई दिने औपचारिक भ्रमण गर्ने भएका छन्।

ओलीको प्रधानमन्त्री नियुक्ति भएको २०८१ असार ३० गतेदेखि अहिलेसम्म भारतको औपचारिक भ्रमण नभएको थियो। यसपटकको भ्रमणमा ठूला दुईपक्षीय एजेन्डाहरू नरहने भए पनि दुई देशबीचको हित र सम्बन्धलाई बलियो बनाउन विभिन्न विषयमा छलफल हुने बताइएको छ।

परम्परागत रूपमा नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि तत्काल भारतबाट निम्तो आउने गरेको भए पनि ओलीले एक वर्षपछि मात्र भ्रमण गर्ने अवसर पाएको यो पहिलो पटक हो। यद्यपि, प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच यस कार्यकालमा संयुक्त राष्ट्रसंघको महासभा, बिमस्टेक शिखर सम्मेलन, र थाइल्याण्डको बैंककमा दुई पटक भेटवार्ता भइसकेको छ। भारतीय सञ्चारमाध्यमहरूले पनि प्रधानमन्त्री मोदीले यसै असोजमा नेपाल भ्रमण गर्ने तयारीमा रहेको खबर सार्वजनिक गरेका छन्, जसले द्विपक्षीय सम्बन्धमा थप मजबुती आउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्