धनगढीबाट गन्नातर्फ जाँदै जीप बैतडीमा दुर्घटना : ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडी — बैतडीको पाटन–६ खिपालीमा आज बिहान भएको जीप दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन्।

धनगढीबाट  गन्नातर्फ जाँदै गरेको सुप प्र ०४–००१ज १३७२ नम्बरको जीप आज बिहान साढे ५ बजेतिर दुर्घटनामा परेको हो। पाटन-६ स्थित खिपालीमा जीप करिब १०० मिटर तल भिरमा खस्न लागेको अवस्थामा रोकिएको थियो।

दुर्घटनामा डिलासैनी गाउँपालिका–१ का ४५ वर्षीय रामकुमार राना, ५१ वर्षीया कलमा धामी, ३२ वर्षीय किरण बोहरा, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरती खत्री, उनकी २ वर्षीया छोरी एलिसा, २१ वर्षीय हेमन्त प्रसाद भट्ट र २४ वर्षीय चालक सन्तोष बहादुर राना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार घाइतेमध्ये चालक सन्तोष, कलमा धामी र किरण बोहराको अवस्था गम्भीर रहेको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी र स्थानीयवासीले उद्दार कार्य सुरु गरेका थिए। सभी घाइतेहरूलाई प्राथमिक उपचारका लागि पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ भने गम्भीर अवस्थाका घाइतेलाई थप उपचारका लागि रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। हालसम्म दुर्घटनाको कारण खुल्न सकेको छैन भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्