दार्चुला — दार्चुलाको महाकाली नगरपालिका–५ ठड्याकाठा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। महाकाली नगरपालिका वडा नम्बर ५ बस्ने ३५ वर्षीया मानमती बडू बिहान घरबाट घाँस काट्न गएका बेला भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन्। प्रहरीका अनुसार उनलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल दार्चुला लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेका हुन्।
दार्चुलामा पछिल्लो समय भीरबाट लडेर ज्यान गुमाउने घटनाहरू बढ्दै गएको प्रहरीले जनाएको छ।







