काठमाडौं – प्रतिनिधिसभा बैठकमा सत्तारुढ सांसद रामहरि खतिवडाले संसद भवन परिसरमा ड्रोन खसेको विषय उठाउँदै सुरक्षा चुनौतीको संकेत गरेका छन्।
२३ असार बेलुकी संसद परिसरमा एक ड्रोन खसेको खबरपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएर परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको प्रहरीले जनाएको छ।
बानेश्वर प्रहरीका अनुसार, उक्त ड्रोन सामान्य प्रकृतिको देखिए पनि संसद क्षेत्र भएकाले परीक्षण गरिँदैछ। हालसम्म ड्रोन कसको हो भन्ने खुलेको छैन। यसअघि पनि प्राविधिक समस्याले बानेश्वर क्षेत्रमा ड्रोन खस्ने गरेका थिए। प्रयोगशालाको प्रतिवेदनपछि मात्र थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।






