पहिरोले मोटरसाइकल च्याप्दा श्रीमानको मृत्यु, श्रीमती घाइते

बुटवल – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभान सडकखण्डको तिनाउ–३ हेडबक्स नजिकै पहिरोले च्याप्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।

लु.५१प. ६६३३ नम्बरको मोटरसाइकलमा सवार रामपुर नगरपालिका–६ का ४५ वर्षीय जनक भण्डारी र उनकी श्रीमती ४० वर्षीया कल्पना भण्डारीलाई आज बिहान पहिरोले च्यापेको हो।

माथिबाट खसेको ढुंगासहितको पहिरोले मोटरसाइकलमा सवार दम्पतीलाई ठक्कर दिँदा जनक भण्डारीको घटनास्थलमै मृत्यु भएको छ भने कल्पना भण्डारी घाइते भएकी छन्। उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

सामान्य वर्षासँगै सक्रिय हुने यो सडकखण्डमा यस्ता घटनाहरू बारम्बार हुने गरेका छन्। जोखिमपूर्ण स्थानमा समयमै पहिरो नियन्त्रण र ट्राफिक व्यवस्थापन नगरिँदा यात्रुहरू सधैं ज्यान जोखिममा पारेर यात्रा गर्न बाध्य छन्।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड वर्षायाममा जोखिमयुक्त खण्डका रूपमा चिनिएको छ। यात्रुहरूलाई अत्यधिक सतर्कता अपनाउन तथा सम्भव भएसम्म जोखिमको समयमा यात्रा नगर्न सुरक्षा निकायले आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्