त्रिशूली नदीमा फसेका दुई जनाको अझै उद्धार हुन सकेन

काठमाडौँ – आकस्मिक बाढीका कारण त्रिशूली नदीमा फसेका दुई जनाको अझै उद्धार हुन सकेको छैन। सिसौको रुखको आड लिएर नदीको बिचभागमा अड्किएका ती व्यक्तिहरूलाई उद्धार गर्न सुरक्षा निकायको टोली प्रयासरत रहेको छ।

स्रोतका अनुसार, उद्धार टोली घटनास्थलमा पुगिसके पनि नदीको तीव्र बहावका कारण तत्काल उद्धार सम्भव नभएको हो। पीडितहरू गम्भीर जोखिममा रहेका छन् भने समयमै उद्धार नभए जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार त्रिशूली नदीको जलसतहले सतर्कता तह पार गरेको छ। आज बिहान ६:३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा सतर्कता तहभन्दा माथि पुगेको मापन गरिएको हो।

विभागले त्रिशूली नदी आसपासका तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले थप बाढीको जोखिम रहेको चेतावनीसमेत दिइएको छ।

सुरक्षा निकाय तयारी अवस्थामा
स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली उद्धारका लागि तयारी अवस्थामा रहेको छ। हेलिकप्टरमार्फत उद्धारको सम्भावना पनि मूल्याङ्कन भइरहेको जानकारी प्राप्त भएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रको सतर्क निगरानी गर्न र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न सबै सरोकारवाला निकायलाई निर्देशन दिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्