देशभर गङ्गादशहरा मेला, रसुवाको गोसाइँकुण्ड तथा कैलालीको बेहडाबाबा मन्दिरमा घुइँचो

काठमाण्डौ– आज गङ्गादशहरा पर्व देशभरका विभिन्न धार्मिकस्थलहरूमा श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। प्रत्येक वर्ष जेठ शुक्ल दशमीको दिन मनाइने यस पर्वको अवसरमा रसुवाको गोसाइँकुण्ड, कैलालीको बेहडाबाबा मन्दिर लगायतका स्थानहरूमा दर्शनार्थीहरूको घुइँचो लागेको छ।

पर्वको अवसर पारेर भारतका विभिन्न स्थानबाट समेत तीर्थालुहरू बेहडाबाबा मन्दिर दर्शनका लागि आएका छन्। मेलाको रौनकसँगै धार्मिक आस्थाको संगम देखिएको छ।

गङ्गादशहरा मेलालाई विशेष महत्व दिँदै विभिन्न स्थानीय तहहरूले सार्वजनिक बिदा समेत दिएका छन्।

  • धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

  • कञ्चनपुरका चार पालिका – बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिकाले आज एक दिन बिदा दिएका छन्।

  • यस्तै, लालझाडी गाउँपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बेलौरी नगरपालिका–५, भकुण्डामा लाग्ने गङ्गादशहरा मेला विशेष आकर्षणको रूपमा रहेको छ। मेलामा स्थानीय संस्कृति, भक्ति गीत, मेला व्यापार, र विभिन्न धार्मिक कार्यक्रमहरूको आयोजना गरिएको छ।

गङ्गादशहरा पर्व हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र नदी गङ्गाको पृथ्वी अवतरण सम्झने दिन हो, जसमा स्नान, पूजा र दानपुण्यको विशेष महत्व रहन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्