सरकार र यातायात व्यवसायीबीच वार्ता समिति गठन

काठमाडौं – सार्वजनिक यातायात अवरुद्ध भएको पृष्ठभूमिमा सरकार र व्यवसायीबीच संवादका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरिएको छ।

गृह मन्त्रालयमा मन्त्री रमेश लेखकको उपस्थितिमा भएको बैठकले सरकार र यातायात व्यवसायीबीच वार्ताका लागि समिति बनाउने सहमति गरेको हो। सरकारतर्फ सात जना र व्यवसायी तर्फ चार जना सदस्य रहने गरी समिति गठन गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जनाएका छन्।

यद्यपि वार्ता समिति बने पनि व्यवसायीहरूले आन्दोलन भने यथावत् राख्ने बताएका छन्। सार्वजनिक यातायात आन्दोलन परिचालन समितिका संयोजक स सिटौलाले आन्दोलन फिर्ता नलिइएको जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्