सुदूरपश्चिम प्रदेशमा लेखा अधिकृतहरूको आन्दोलनले तलब रोकियो

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद तथा कर्मचारीहरूले फागुन महिनाको तलब पाउन सकेका छैनन्। लेखा अधिकृतहरूको आन्दोलनका कारण प्रदेश सरकारका सबै भुक्तानी तथा निकासा रोकिएको छ।

वृत्ति विकासका माग राख्दै लेखा अधिकृतहरूले भुक्तानी रोकेपछि करिब दुई हजार कर्मचारी प्रभावित भएका छन्। प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीका अनुसार आन्दोलनका कारण मुख्यमन्त्रीदेखि सामान्य कर्मचारीसम्मको तलब रोकिएको छ।

लेखा समूहका अधिकृतहरूले नवौँ तहमा समूह हटाउने, ओ एन्ड एम गर्ने, तथा लोक सेवा आयोगको विज्ञापन स्थगित गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले माग सम्बोधन नभए आर्थिक क्रियाकलाप नै ठप्प पार्ने चेतावनी दिएका छन्।

आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि प्रभावित भएको छ। चालु आर्थिक वर्षको पुँजीगत बजेटमध्ये फागुनसम्म मात्र १४ प्रतिशत खर्च भएको छ। प्रदेश सरकारले समाधानका लागि समिति गठन गरे पनि समस्या समाधान नहुँदा आन्दोलन लम्बिने सम्भावना छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्