काठमाडौं औ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहे पनि अन्य भूभागमा मौसम प्रायः सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली मात्र रहने अनुमान गरिएको छ। विशेष गरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान छ।
मौसममा हुने यी परिवर्तनले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।