काठमाडौं – आज पनि देशका केही भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान मध्य र पूर्वी तराईका जिल्लाहरूमा हुस्सु/कुहिरो लागेको छ । जसका कारण जनजीवन केही प्रभावित भएको छ ।
यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भने देशका अन्य भागमा मुख्यतया मौसम सफा छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हुस्सु/कुहिरो लागेको क्षेत्र र हिमपातको सम्भावना भएको स्थानमा यात्रा वा काम गर्दा सतर्क रहन महाशाखाले सचेत गराएको छ ।