रुग्ण उद्योगहरु पुनःसञ्चालन गर्न सरकार पीपीपी मोडलमा जान तयार छः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु पुनःसञ्चालन गर्न सरकार पीपीपी मोडलमा जान तयार रहेको बताउनुभएको छ ।

सिंहदरबारमा मंगलवार उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेको बताउनुभएको हो । उहाँले सरकार निजी क्षेत्रलाई महत्वका साथ अगाडि बढाउन, सहुलियत दिन तयार रहेको उल्लेख गर्नुभयो । उहाँले व्यापार सम्बन्धी, उद्योग सम्बन्धी कानून सञ्चालन गर्नेहरुलाई आवश्यक रहेको भन्द उनीहरुको समस्या समाधान गर्नेगरी कानून बनाइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘रुग्ण उद्योगहरु पुनःसञ्चालन गर्न सरकार पीपीपी मोडलमा जान तयार छ । निजी क्षेत्रलाई महत्वका साथ अगाडि बढाउन, सहुलियत दिन तयार छ । कानूनी प्रश्नमा मैले अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि भनेको थिएँ । उद्योग सम्बन्धी कानून मलाई चाहिएको होइन । उद्यमीहरुलाई चाहिने हो । व्यापार सम्बन्धी कानून मलाई चाहिने होइन, किनभने म त व्यापार गर्दिन नि । जसले ति काम गरिरहेको छ, तिनलाई चाहियो ।’

प्रधानमन्त्री ओलीले सरोकारवालाहरुसँग छलफल गरेर सरोकारवालाहरुका पीर मर्का र व्यवधान हट्ने गरी कानून बनाइने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्