कोरोना महामारीमा पीडितहरुलाई दीप बालेर हैन, राहत उपलब्ध गराएर सम्मान गरौँः प्रा.डा. मिश्र

काठमाडौँ – त्रिभुवन विश्वविद्याल पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापक डा. अक्कलदेव मिश्रले कोरोनाको महामारीमा पीडितहरुलाई राहत उपलब्ध गराएर सम्मान गर्नुपर्ने बताएका छन् । शुक्रबार उपहारखबरसँगको कुराकानीमा प्रा.डा. मिश्रले यस्तो बताएका हुन् । कोरोना भाइरसबाट विश्व नै आक्रान्त बनिरहेको बेला दीप बालेर कोरोना पीडितलाई सम्मान गर्नु समय सान्दर्भिक नभएको उनको तर्क छ । “कोरोना महामारी पीडितहरुलाइ दीपबालेर, बाजा बजाएर, गीतगाएर वा सिठि बजाएर सम्मान जनाउनु उपयुक्त भएन,” प्रा.डा. मिश्रले भने ।

सरकारले दीप बालेर सम्मान जनाउनु भन्दा पनि स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएर, सुरक्षाकर्मीहरुलाई सुरक्षा सामाग्री, विदेशमा अलपत्र नेपाली नागरिकहरुलाई स्वदेश फर्काएर सम्मान जनाउनु समय सान्दर्भिक हुने बताए । उनले अगाडी भने “क्वारेन्टाइनमा बसेकाहरुको स्याहार गरेर, मजदुर तथा विपन्न वर्गलाई राहत उपलब्ध गराएर, संक्रमितहरुको उपचार गरेर पो सम्मान हुन्छ ।” सरकारले कोरोना महामारीलाई नियन्त्रणमा राख्न तत्काल ठोस कदम चाल्नुपर्ने प्रा.डा. मिश्रको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्