विश्वभरी कोरोनाः २ लाख ६५ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा एकै दिन २५ सय भन्दा धेरैको मृत्यु

जेनेभा – कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि भएको हो ।

युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३० हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा लगातार दोस्रो दिन २३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा अमेरिकामा २ हजार ५२८ जनाको ज्यान गएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या ७४ हजार ८०९ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वा्धिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा ३६९, स्पेनमा २४४ र फ्रान्समा २७८ जनाको ज्यान गएको छ । –रासस 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्