बर्दिया, २८ पुस । बर्दियामा बाघको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।
ठाकुरबाबा नगरपालिका–७ मा पाटे बाघको आक्रमणबाट परी पदमकला थापाको मृत्यु भएको हो ।
मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा बाख्रा चराउन जाँदा थापालाइ पाटे बाघले झम्टेको थियो । सुन्दरपुरकी ४० वर्षीया थापाको मृत्यु भएको सोही वडाका वडा अध्यक्ष कलम विष्टले बताए ।
उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सयुंक्त टोलीले र बाघले आक्रमण गरेको ठाउँबाट उनको शव निकालेका थिए। पछिल्लो वर्षमा सो बाघको आक्रामणवाट २ जनाको ज्यानको मृत्यु भइसकेको छ ।