काठमाडौँ – प्रेस सेन्टर नेपाल दार्चुला शाखाको अध्यक्षमा हरि प्रसाद जोशी पुन: सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार जिल्ला सदरमुकाम खलंगामा भएको छैटौँ अधिवेशनबाट जाेशी सर्वसम्मत निर्वाचित भएका भएका हुन् । जोशीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएकाे छ ।
समितिको उपाध्यक्षमा उपेन्द्र सिंह ठगुन्ना, महिला उपाध्यक्षमा सारंगी खत्री, सचिवमा लोकेन्द्र डांगा, सह-सचिवमा पुजा डोवाल र पार्वती साउँद र कोषाध्यक्षमा नरेश प्रसाद जोशी चयन चयन भएका छन् ।
प्रेस सेन्टर दार्चुलाका अध्यक्ष हरिप्रसाद जोशीको अध्यक्षतामा सञ्चालन भएको अधिवेशन उद्घाटन सत्रमा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एंव सुदूरपश्चिम प्रदेश इन्चार्ज राम सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र दार्चुलाका जिल्ला संयोजक प्रेम राज पन्त, प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष भुवन बोहरा, प्रेस सेन्टर दार्चुलाका इन्चार्ज मदन राज जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति सदस्य केशवदत्त भट्ट, पत्रकार महासंघ दार्चुलाका अध्यक्ष राजेन्द्र सिंह धामी, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष प्रेम चुनारा, प्रेस युनियन दार्चुलाका अध्यक्ष कमलराज जोशी, प्रेस चौतारी नेपाल दार्चुलाका अध्यक्ष लोकेन्द्र प्रसाद जोशी, पत्रकार महासंघ दार्चुलाका कोषाध्यक्ष ललितसिंह सामन्त लगायतको उपस्थिति रहेको थियो ।